हट पुनम पाण्डे अब बिग बोस ८ मा आउने !

जहिले पनि विवादकै कारण चर्चामा रहने गरेको भारतीय टेलिभिजन रियालिटी शो बिग बोसमा अब बलिउड नायिका पुनम पाण्डे देखिने भएकी छिन्। उनलाई उक्त सोको एक भागमा देखा पर्नका लागि प्रस्ताव गरिएको भारतीय सञ्चार माध्यमले समाचारमा जनाएको छ। अहिले बिग बोसमा अब कोको सेलिब्रेटी देखा पर्लान् भनेर प्रतीक्षा गरिराखिएको समयमा पुनम देखिन लागेको समाचारमा उल्लेख गरिएको छ।

पुनमको अलावा आलोक नाथ, सुनिल ग्रोबर, लुलिया वन्तुर, लेडी गागा, डेनिल बिबर, योयो हनी सिंह, स्टार शान्ति डाइनामाइट लगायतका सेलिब्रेटी देखिने सम्भावना रहेको बताइएको छ। यदि यी सेलिब्रेटी यस सोमा देखिए विवादका साथै सेलिब्रेटीको प्रस्तुतिका कारण पनि यो सो अझ बढी रोचक र चर्चित हुने अनुमान गरिएको छ।


,