जहाँ मान्छेका लासको बोसो झिकेर खाइन्छ, सरीर पोलेर भिरमा झुण्डाइन्छ (फोटोफिचर सहित)

पपुवा न्युगिनीको मोरोब पहाडि क्षेत्रका भिरहरुमा झुण्डाइएका लासहरु मुस्कुराए जस्ता लाग्छन् । सुकुटी बनाएजस्तो गरी आगोमा पोलेर राखिएका लासहरु वर्षौँ पुराना समेत छन् र केही आलो पनि ।

लासको बाहिरी भागमा रातो दलिएको छ र ती लास बाँसका पिंजडा भित्र राखिएका छन् र झुण्डाइएका छन् ।

उक्त आदिवासी इलाकामा पुग्ने जो कोही बाहिरिया मान्छे जताततै झुण्डिएका लास देख्दा डराउनु स्वभाविकै हो । तर दुर्गम भेगका ती आंगा आदिवासीका लागि भने लासको यस्तो अवस्था निकै गर्वको विषय हो । उनीहरुका लागि लासलाई यसरी राख्नु भनेको मृतक प्रतिको सबैभन्दा ठूलो श्रद्धा हो ।

मानिस मरिसकेपछि उसको सरीरलाई मज्जाले आगोमा पोलिन्छ । सिपालु मलामीले पैताला, घुँडा लगायतका ठाउँहरुमा काटेर सरीरभित्रको बोसो थुत्छ । त्यसपछि लासको मलद्धारबाट बाँसको एक टुक्रा घुसाएर निकालिन्छ । उक्त बाँसको लट्ठीमा टाँसिएर आएको पदार्थ उनीहरुको लागि निकै पवित्र हुन्छ ।

लासबाट निकालिएको बोसो तथा मलद्धारबाट निकालिएको पदार्थ मृतकका आफन्तले आफ्नो जिउमा घस्दछन् । यसरी मृतकको बोसो र मल जिउमा दल्दा मृतकको शक्ति स्थानान्तरण हुने विश्वास गरिन्छ । बाँकी रहेको बोसो खाना पकाउने घ्यु को रुपमा प्रयोग गरिन्छ ।

त्यसपछि लासको आँखा, मुख तथा मलद्धारलाई बन्द गरेर सिलाइन्छ । यसो गर्नुको खास कारण ती क्षेत्रबाट सरीर भित्र हावा छिरेर मासु नकुहियोस् भनेर हो ।

खुट्टाको पाइताला, हातको हत्केला तथा जिब्रो काटेर पुरुष भए श्रीमती र महिला भए श्रीमानलाई दिइन्छ । बाँकी रहेको सरीरलाई विशेष खालको अँगेनामा लगेर पोलिन्छ । सामान्य रुपमा पोलिसकेपछि लासलाई माटोले लेपन गरिन्छ, ता की गिद्ध तथा कुकुर लगायतले नखाउन् ।

त्यसपछि लासलार्य मोरोबको उच्च पहाडि क्षेत्रका भिरमा लगेर विशेष खालको बाँसको पिँजडामा राखेर झुण्डाइन्छ । अहिले पनि भीरहरुमा २ सय वर्ष पुराना लास समेत रहेका छन् । विशेष समारोहमा लासहरु तल झार्ने र समारोह सकिएपछि फेरि माथि लगेर झुण्डाउने समेत गरिन्छ ।

ती लासको हेरचाहका लागि गाउँको नाइके नै खटाइएको हुन्छ । यद्यपि पपुवा न्युगिनीमा यस्तो प्रथा सन् १९७५ देखि प्रतिबन्धित छ, तथापि केही दुर्गम गाउँमा भने यो बेरोकटोक चलिरहेको छ ।





 नेपाली अनुवाद अनलाइन खबरको सहयोगमा

, ,