'माघ ८ पछि केपी शर्मा ओली प्रधानमन्त्री'

काठमाडौं , श्रावण ३ - कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले माघ ८ गतेदेखि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने दाबी गरेका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले एमालेमा प्रधानमन्त्रीका लागि ओलीको विकल्प पनि नभएको बताए । 'कमरेड केपी शर्मा ओली एमाले अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ,' पराजुलीले भने, 'एमालेले सरकारको नेतृत्व गर्ने अवस्थामा उहाँ निर्विकल्प प्रधानमन्त्री हुनुहुन्छ ।'

कृषि मन्त्री पराजुलीले माघ ८ गतेसम्म कांग्रेस-एमाले गठबन्धन सरकार कायमै रहने बताए । उनले माघ ८ गते संविधान जारी भएपछि बन्ने नयाँ सरकार नेतृत्व ओलीले गर्ने बताए ।

'बिषादी प्रयोग गर्नेलाई कानुनी कारबाही'

रिपोर्टर्स क्लवमा पराजुलीले बढी मुनाफाको नाममा अधिक बिषादीको प्रयोग गरेर मानव स्वास्थ्यमा कसैलाई पनि खेलवाड गर्न नदिने स्पष्ट पारे । सरकारले आधुनिक प्रविधिको प्रयोगका नाममा मानव विनाश हुने कार्यलाई कडाईसाथ कानुन प्रयोग गर्ने उनले बताए ।

पराजुलीले सरकारले पहिलोपटक किसानमुखी बजेट ल्याएको दाबी गर्दै बजेट कार्यान्वयन भए मुलुकमा कृषि क्रान्ति हुने ठोकुवा गरे ।

,