गर्मी तथा बर्षाद को समयमा के को जुस लाभदायक ?

अहिले बर्षाद तथा गर्मिको समय छ । यतिबेला तपाईंले आफ्नो स्वास्थ्यको निकै ख्याल राख्नुपर्ने हुन्छ । गर्मी होस् या जाडो दुबै मौसममा उचित खानपानले तपाईंको स्वास्थ्यमा सकारात्मक असर पुर्याउँछ ।

गर्मी भन्नेबित्तिकै मानिसहरु चिसो पेय पदार्थ, आइसक्रिम सोच्ने गर्दछन् । गर्मीमा ताजा जुस पिउनाले यसले तपाईंलाई उत्साहित र हाइड्रेट राख्छ ।

अहिले कस्तो प्रकारको जुस खाँदा राम्रो हुन्छ भन्ने कुरा यहाँ प्रस्तुत गरिएका छन् ।
तर्बुजाको जुसः तर्बुजाको रस सबै उमेर समूहका लागि प्रिय छ । तर्बुजामा धेरै मात्रामा पानीको मात्रा पाइन्छ र गर्मीको समयमा ताजा राख्ने यो उत्तम विकल्प मानिएको छ ।तर याद राख्नुहोस् ताजा तर्बुजाको जुसले मात्र तपाईंलाई राम्रो गर्छ । लामो समयसम्म फ्रिजमा राखिएको तर्बुजाको जुसले तपाईंको पेटमा समस्या निम्त्याइदिन्छ ।

कागती–अदुवाको जुसः कागती र अदुवाको जुसमा क्यान्सर विरोधी गुणहरु भएको मानिन्छ । भिटामिन सी ले भरिपूर्ण यस्तो जुसले तपाईंको पेटसँग सम्बन्धित धेरै समस्याहरु नष्ट गरिदिन्छ । त्यसकारण यदि तपाईंमा पेटको समस्या छ भने यो नै तपाईंको राम्रो उपचार पद्धति हुनेछ । साथसाथै, यसले कुनै पनि छाला र कपालसँग सम्बन्धित समस्याहरुको पनि समाधान गर्दछ ।

खर्बुजाको जुस: यो भिटामिन सी, एन्टिअक्सिडेन्ट, बेटा क्यारोटिन जस्ता गुणहरुले भरिपूर्ण हुन्छ जसले एसिडिटी, अल्सर र पिसाब नलीको संक्रमणलाई राहत प्रदान गर्दछ । यसले तौल घटाउन पनि मद्दत गर्दछ ।

,