नेपालले भारत बिरुद्ध टि-२० क्रिकेट खेल्ने (बिवरण सहित)
टि-२० क्रिकेट खेल्ने देशको मान्यता पाएको नेपालले एसियन गेम्स क्रिकेटमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
टेष्ट मान्यता प्राप्त पाकिस्तान, बंगलादेश, श्रीलंका सँग समेत प्रतिस्पर्धा गर्ने नेपालले अन्य मुलुकमा भन्दा क्रिकेटमा आफुलाई अब्बल टिम मान्ने भारत बिरुद्ध समेत नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।
१० देश सहभागी प्रतियोगितामा अफगानिस्तान, हंगकंग, मलेसिया, यूएई र आयोजक दक्षिण कोरिया सहभागी हुने भएका छन् ।
दश देश सहभागी प्रतियोगिता टि-२० क्रिकेट प्रतियोगिता हो । नेपालले केही दिन अघि मात्र टि-२० क्रिकेट खेल्ने राष्टको मान्यता पाएको थियो ।
एसियन गेम्स क्रिकेट कोरिया 2014
प्रतियोगीता हुने स्थान:-इंचोओन,साउथ कोरिया
मिती:-सेप्टेम्बर १९ - अक्टोबर ४,२०१४ प्रतियोगीताको
किसिम:टी-20
सहभागी मुलुक (पुरुष)
१.नेपाल
२.भारत
३.पाकिस्तान
४.बंगलादेश
५.श्रीलंका
६.अफ्घानिस्तान
७.हंगकंग
८.मलेसिया
९.यूएई
१०.साउथ कोरिया