असार १७ ,पश्चिम बंगाल (एजेन्सी)– कोलकाताको तारातला इलाकाको ब्रेस ब्रिजसँगैको इन्द्रपल्लीमा एक बुवाले आफ्नी नाबालक छोरीलाई भुँइमा पछारेर हत्या गरेका छन् । जानकारीका अनुसार आरोपी बुवा अमर विश्वास अफ्नी डेढ वर्षकी छोरीलाई बाल तस्करलाई बेच्नका लागि लाने क्रममा थिए तर उनकी श्रीमती मोना विश्वासले यसको विरोध गरिन् ।
जेठी छोरीलाई लिएर घरभित्र छिरिन् । त्यहि कुरामा रिसाएका श्रीमानले नजिकै सुतिरहेकी छोरी पूजा विश्वासलाई भुँइमा पछारे र त्यहाँबाट भागे । अस्पताल पुराएपछि डाक्टरहरुले पूजालाई मृत घोषित गरे ।
महिलाको उजुरीका आधारमा पुलिसले आरोपी अमरलाई पक्राउ गरेको छ । आरोपी आफ्नो गाऊँ उत्तर २४ परगानास्थित बगदा भाग्ने प्रयासमा रहेको पुलिसले बताएको छ । पूजालाई जन्म दिनेबित्तिकै अमर उनलाई अरु दुई छोरीहरु जन्म दिन दबाब दिएको र यसका लागि कुटपिट पनि गर्ने गरेको मोनाले बताइन् । घटनाको छानबिन भइरहेको जनाइएको छ ।
नाबालक छोरीलाई बेच्न लाँदा श्रीमतीले बिरोध गरेपछि बुवाले छोरीलाई जमिनमा पछारेर मारे