श्रीमतिको लोक सेवाको परीक्षा दिदा दिदै श्रीमन रंगेहात पक्राउ !

डोटी, जेठ ३१ – सुदूरपश्चिमको क्षेत्रीय सुदरमुकाम दिपायलमा शनिबार लोक सेवा आयोगले लिएको खरिदार पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् ।
खरिदारको विज्ञान र गणित विषयको परीक्षामा बझाङका जनकराज उपाध्यायले श्रीमती शान्ति जोशीको नाममा परीक्षा दिइरहेका भेटिएका हुन् । दिल्पेश्वर उच्च माध्यामिक विद्यालय ‘क’ केन्द्रबाट परीक्षा दिएका उपाध्याय उत्तरपुस्तिका मिलाउने क्रममा फेला परेको केन्द्राअध्यक्ष दीर्घबहादुर कठायतले जानकारी दिनुभयो ।
उपाध्यायले श्रीमती जोशीका नाममा परीक्षा दिएको भेटिएपछि उनको परीक्षा रद्द भएको छ । अब उनीहरुले दुई वर्षसम्म लोक सेवा आयोगले लिने कुनै परीक्षामा सहभागी हुन नपाउने कठायतले बताउनुभयो ।

,