खेल मैदानमै बलिउडकी यी नायिका आफ्नै पूर्व प्रेमीबाट यौन हिंसाको शिकार भइन, आखिर कसरी जान्नुहोस् सबै यो पढेर ।

बलिउड नायिका प्रिती जिन्टाले आफ्ना पूर्वप्रेमी नेस वाडिया विरुद्ध यौन हिंसाको आरोप लगाएकी छिन् । आइपीएल क्रिकेटको क्रममा   आफूलाई वाडियाले यौन हिंसा गरेको आरोप प्रितीले लगाएकी छिन् । थाने प्रहरीमा उजुरी हाल्दै प्रितीले पूर्व प्रेमीको बिषयमा मुख खोलेकी हुन् । उजुरी दर्ता भएसँगै प्रहरीले जाच सुरु गरेको छ । ५ बर्ष लामो सम्बन्ध पश्चात प्रिती र नेसविच ब्रेकअप भएको थियो । प्रहरीले खेलका क्रममा भएको घटनाको सीसीटीभी फुटेज चेक गर्ने जनाएको छ ।
प्रितीले आफ्नो जीन्दगी स्वाभिमान पूर्वक बाँचेको भन्दै सार्वजनिक स्थलमा नै नेसले वेइजत गर्दा आफ्नो साथमा कोही नभएको बताएकी छिन् । उनले आफू समक्ष अन्य विकल्प नभएकाले यो कदम चालेको बताइन् ।
वानखडे स्टेडियममा कोलकत्ता नाइट्स राइडर र किंस इलाभेन पन्जावको खेल पश्चात वाडियाले आफूलाई यौन हिंसा गरेको प्रितीको भनाई छ । वाडियाले आफ्नो हात समातेर तान्दै अपशब्द प्रयोग गर्दै गाली गरेको प्रितीले आरोप लगाएकी छिन् ।
४४ बर्षका बाडिया किंस इलाभेन पन्जाबका सह-मालिक हुन् । वाडियाले यो आरोप पूर्ण रुपमा झुटो भएको बताएका छन् ।


, ,