सुन ल्याउने छुटे, भरिया जेलमै !!!

काठमाडौं, असार १६ - सुन तस्करीको अभियोगमा थूनामा रहेका निमा छिरिङ तामाङका दिनहरू बडो कष्टले बितिरहेका छन् । मूख्य अभियूक्तहरू थूनामूक्त भइसक्दा पनि भरिया बनेको आफुलाई किन थूनियो भन्ने जवाफ नपाएर एक वर्षदेखि नख्खु जेलमा बसिरहेका साधारण लेखापढा छिरिङ झनै हैरान छन् ।

'कस्तो कानून हो यो देशको ?' शूक्रबारको एक भेटमा उनले भने, 'म भारी बोक्ने जेलमै छू, भारी बोकाउने साहुहरू छूटिसके ।' उनी २०७० असार २६ गते कोटेश्वरमा सूनसहित पक्राउ परेका थिए । 'बिहान साढे ४ भएको थियो, कोटेश्वरमा प्रहरीले ट्रक रोक्यो,' छिरिङले भने, 'सून लूकाएर ल्याएको सूराक उनीहरूले पाइसकेका रहेछन्, मलाई तूरुन्तै समाते ।'

'कूनै बिलबिजक नभएको ३५ केजी सूनका लाप्साहरू प्लास्टिकले बेरेको अवस्थामा फेला परेको' भन्ने प्रहरीको मूचूल्कामा उनले सहीछाप गरिदिए । तर सँगसँगै समग्र घटनाबारे प्रहरीलाई विस्तारमा बताए, जसबाट उनी भरियामात्र रहेको प्रस्ट हून्थ्यो ।

तीन वर्षदेखि गाडी चलाउन थालेका थिए छिरिङले । हेवी ट्रकमा तातोपानी नाकाबाट काठमाडौं सामानहरू ओसार्ने गर्थे उनी एक छिमेकीको गाडीमा । तर एक दिन तातोपानी बजारकै नाम्गेल भनेर चिनिने ओम बज्राचार्यले छिरिङलाई आफ्नो ट्रक चलाए मालामाल पैसा कमाउने आस देखाए ।

'३५ किलो सून काठमाडौंसम्म लगेबापत मलाई किलोको दूई हजारका दरले पैसा दिने बचन साहुले दिए,' छिरिङले भने, 'लोभमा परेर मैले पनि हून्छ भनिदिएँ ।' मासिक १५ हजारजति कमाउने छिरिङलाई एकै खेपमा ७० हजार रुपैयाँ पाउने कूराले लोभ्यायो । बा३ख २५७० टाटा बक्स कन्टेनर लिएर उनी खासा गए ।

'त्यहाँ नाङ्गा भोटे भन्ने एक चिनियाँले मलाई सून दिए,' उनले भने, 'ट्रकमा नक्कली ठाउँ बनाई प्लास्टिकमा बेरेर सून राखी काठमाडौंतिर लागे ।' उनी काठमाडौंका ताकेर हिँड्दा रातको दस बजेको थियो । झिसमिसेमै प्रहरीले पक्राउ गर्‍यो ।

'मैले प्रहरीलाई कूनै कूरा नढाँटी सबै बताइदिएँ,' उनले भने, 'मेरै सुचनाका आधारमा मूख्य अभियूक्तहरू समातिएका हून् ।' छिरिङकै सुचनाका आधारमा प्रहरीले पहिले गाडी साहु बज्राचार्य, त्यसपछि मोहनकूमार अग्रवाल र चिनियाँ नागरिक घ्याम्जो लामा पक्राउ परे ।

 यी सबैको टेलिफोन कल डिटेल्सबाट धेरै कूरा प्रस्ट भएपछि राजस्व अनूसन्धान विभागले कालिकास्थान बस्ने ४७ वषर्ीय अग्रवाल, सिन्धूपाल्चोक तातोपानी घर भई चूच्चेपाटी बस्ने ४२ वषर्ीय बज्राचार्य र बौद्ध बस्ने ४७ वषर्ीय चिनियाँ नागरिक घ्याम्जो र २४ वषर्ीय छिरिङलाई जनही ३ करोड ७८ लाख ९० हजार धरौटी तिराउने आदेश गर्‍यो । त्यो तिर्न नसक्दा उनीहरू चारैलाई नख्खू जेलमा राखियो ।

तर, मूख्य योजनाकार घ्याम्जोलाई राजस्व न्यायाधिकरणका अध्यक्ष दीपककूमार कार्की तथा सदस्यहरू भोलाप्रसाद खकूरेल र याज्ञबल्क्य उपाध्यायको इजलासले साधारण तारेखमा छाडिदियो । त्यसपछि सर्वाेच्चका न्यायाधीशद्वय गोपाल पराजूली र चोलेन्द्रशमशेर राणाको इजलासले अर्का योजनाकार अग्रवाललाई साधारण तारेखमा र बज्राचार्यलाई एक लाख धरौटीमा छाड्ने आदेश दियो ।

गत जेठको अन्तिम दिन भएको यो आदेश छिरिङले नख्खू जेलमै थाहा पाए । सँगसँगै उनी मात्र जेलमा रहे । समाचार सूनेपछि उनको चिन्ता झनै गहिरिएको छ । छिरिङ आफु पक्राउ परेकामा त्यति दूःखी थिएनन्, जति साहुहरूका कूरा सूनेर भए । 'उनीहरूले प्रहरीको अघिल्तिर त यो मान्छेलाई चिनेकै छैन पो भनिदिए,' छिरिङले भने ।

सूरुमा आफुमात्रै फन्दामा पर्ने हो कि भन्ने चिन्तामा रहेका छिरिङलाई प्रहरीको अनूसन्धानले राहत दिएको थियो । अनूसन्धानका क्रममा प्रहरीले अग्रवालको मोबाइल नम्बर ९८०८४४६२६१, ९८०९४४६२६२ र ८९०१०८४९३२, बज्राचार्यको मोबाइल नम्बर ९८०१०२१्४४, घ्याम्जोको मोबाइल नम्बर ९८०८५३६९९९ र छिरिङको मोबाइल नम्बर ९८०८४०८६९९ र ९८०४३००१३०६ बीच एकअर्कामा बाक्लो कूराकानी भएको फेला पारेको छ ।

बज्राचार्य र अग्रवालले खासाका नाङ्गा भोटे भन्ने सून व्यापारीलाई पनि धेरै पटक फोन गरेको देखिएपछि प्रहरीका अघिल्तिर उनीहरूले झुटो बोलिरहन सकेनन् । अग्रवाल र बज्राचार्यले चीन, भारत, श्रीलंका, हङकङ, युएई, दक्षिण अपि|mका, क्यानाडा र अमेरिकामा पनि निकै फोन गरेको देखिएपछि कूरा झनै प्रस्टियो । प्रहरी र राजस्व अनूसन्धान विभागको प्रतिवेदनमा यस्ता थूप्रै प्रमाण संलग्न छन् । घटनाको बेलिबिस्तार आएपछि छिरिङले प्रश्न गरे, 'म लाए, अह्राएको गर्ने जेलमै छू । काम अह्राउने र सून तस्करी गर्नेचाहिँ छूट्ने यो कसरी भयो ? कानून नै यस्तो त होइन होला ?'


,