प्रियंकाको प्रश्न-’स्टार कलाकारले विकिनी लगाउँदा किन आपत्ती’ ?
के तपाई मान्नुहुन्छ, नेपालका नायिकाले विकिनीमा फोटोसुट गर्दा केही पनि हुँदैन । तपाइको जवाफ आ-आफ्नै खालको होला । तर नायिका प्रियंका कार्की भने स्टारडम भएका कलाकारले विकिनी लगाउँदा आपत्ती मान्नुपर्ने कारण नभएको बताउँछिन् ।
मार्टिन चौतारीले आयोजना गरेको ‘महिला, मिडिया र ग्ल्यामरका सामाजिक आर्थिक पक्ष’ बिषयक अन्र्तक्रियामा पि्रयंकाले यस्तो माग गरिन् । उनले भनिन्-’राम्रो फिगर भएको र स्टारडम भएकी नेपाली कलाकारले पनि विकिनीमा फोटोसुट गरिन् र त्यो कतै छापियो भने त्यसमा आपत्ती मान्नुपर्ने कारण म देख्दिन ।’
उनले यसका लागि उक्त नायिका विकिनीमा सुन्दर हुनुपर्यो समेत भनेकी छिन् । उनले हिरोइनको कपडा भन्दा पनि उसको पारिश्रमिक र ग्ल्यामर क्षेत्रको विकासमा ध्यान दिनुपर्ने तर्क गरिन् ।
नायिका कार्कीले नेपालमा कलाकारलाई सेलिब्रेटीको रुपमा नहेरिएको र महत्व नदिएको गुनासो गरिन् । उनले पैसा हुने जोकोही पनि सिनेमाको निर्माता हुन सक्ने र एउटा फिल्ममा आठ-दश लाख रुपैयाँ लगानी गरेको भरमै सेलिब्रेटीको लहरमा उभिन पाउने भएकाले नेपालमा ग्ल्यामरको व्यवसायिक हैसियत नबनेको बताइन् । नायिका कार्कीले चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’मा विकिनी लगाएकी थिइन् ।