साथीहरुसँग मिली श्रीमतीको सामूहिक बलात्कार

असार २ नयाँ दिल्ली (एजेन्सी)– कडा कानुनको जति कुरा गरिए पनि महिलाहरुप्रति हुने दुव्र्यवहारमा कुनै कमी आएको देखिँदैन । मध्ये प्रदेशमा भएको एक घटनाले पूरै मानवतामाथि प्रश्न उठाएको छ ।

खण्डवामा एक आदिवासी महिलालाई १० जना मानिसहरुले सामूहिक बलात्कार गरेको आरोप लागेको छ । बलात्कार गर्नेमा पिडित महिलाको श्रीमान र नातेदार पनि संलग्न रहेको पिडित महिलाको आरोप छ । आरोपीहरुले महिलाको बलात्कार मात्र गरेनन् उनको सबै कपडा फुकालेर धेरैठाउँ घुमाएको पिडितले बताइन् ।
तीन दिन पहिला (शुक्रबार) भएको यस घटनामा महिलाको उजुरीको आधारमा १० जना आरोपीहरुलाई पुलिसले पक्राउ गरेको छ । महिला अहिले अस्पतालमा भर्ना भएकी छिन् ।


,