हाच्छिऊँ आउँदा झन्डै ज्यान मुद्दामा जेल भएको |||

लन्डन , असार ९ - बुढापाका भन्छन्, दशा बाजा बजाएर आउँदैन् । ४५ वर्षीय सार्जेन्ट मेजर हरिसिङ गुरुङले सायद सोचेका थिएनन्, कार हाकिरहँदा एक्कासी हाच्छिउँ आएर ज्यान मुद्दा झेल्नुपर्ला भन्ने घट्ना ।

घट्ना अनुसार, ए फोटी राजमार्ग हुदै उनी ब्रेकनस्थित ब्यारेक फर्कंदै थिए । त्यो क्रममा एक्कासी हाच्छिऊँ आएर उनले गाडीको सन्तुलन गुमाउन पुगे । यही कारण उनको गाडी एक वृद्ध जोडी आइरहेको अर्को कारमा ठोक्किन पुग्यो । दुर्घटनापछि अवकासप्राप्त रोयल एयर फोर्स (आरएएफ) फ्लाइट सार्जेन्ट ७९ वर्षीय डेभिड मार्सलको घट्नास्थलमै र उनकी धर्मपत्नि ७३ वर्षीया म्यारीको चार दिनपछि निधन भयो । ती वृद्ध दम्पति चर्चको बार्बेक्यू सकेर घर फर्कंदै थिए ठ्याक्कै अघिल्लो वर्ष ।

घट्नामा उनी त बचे तर जोखिमपूर्ण र लापरवाहीपूर्वक गाडी चलाएको आरोपमा ज्यान मुद्दा आइलाग्यो ।

अघिल्लो साता अदालती सुनुवाइका क्रममा गुरुङले दुःखी हुदै दिवंगत दम्पतिको चीरशान्तिको कामना गरेका थिए । यसअघि यस्तो घट्ना कहिल्यै नभएको बताउँदै उनले मांसपेशीमा भएको दुखाइका कारण श्वास फेर्न कठिन र रक्तसञ्चारमा अप्ठेरो परेको क्षण सांच्चिकै पीडादायी भएको बयान पनि दिएका थिए ।

अन्ततः न्यू पोर्ट क्राउन कोर्टले उनलाई खतरनाक र लापरवाहीपूर्वक गाडी चलाएर ज्यान गएको भन्ने मुद्दामा सफाइ दिएको बीबीसीले सोमबार जनाएको छ । न्यायधिश डेनियल विलियम्स्ले सफाइ दिंदै मृतात्माको चीर शान्तिको कामना गरेका छन् । ति न्यायधिशको भविष्यमा यस्ता खालका दुःखद मुद्दा नआउने अपेक्षा पनि छ ।

बि्रटेनको कमन कोल्ड सेन्टरका निर्देशक प्राध्यापक रोनाल्ड एक्केल्स्ले मानिसलाई आँखा हेरेर हाच्छिऊँ गर्न असम्भव हुने बताए । उनका भनाइमा हाच्छिऊँ सामान्यता तीन सेकेन्डसम्म रहन्छ र यस्तो बेला दुवै आँखा बन्द हुन्छ । यदि गुरुङले चार पटक हाच्छिऊं गरेको भए १२ सेकेन्डसम्म नियन्त्रण गुमाएको हुन सक्ने अनुमान प्राध्यापक रोनाल्डको छ ।

बोस्निया, कोसोभो र अफगानिस्तानमा खटिइसकेका उनी साहसी र इमान्दार गोर्खा रहेको उनका कमाण्डिङ अफिसर स्टुआर्ट लरेन्स् बताउँछन् । उनले सेवाका क्रममा राम्रो कार्य कुशलता प्रदर्शन गरे वापत बहादुरीको उपाधि (ब्रेभरी अवार्ड) समेत पाएका छन् ।

,