छतबाट खसेको बच्चा क्रिकेट बल झैं समातिए

यो दृश्य एक चमत्कारिक क्षण हो, जतिबेला दुई तलामाथि बाट खेसेको एक वर्षको बच्चालाई पैदलयात्रीले दौडिएर भुइँमा बजारिनुअघि नै समाए ।

चीनको ग्वांगदांग प्रान्तको झोंगशान शहरमा भएको घटनाको दृश्य सीसीटीभी फुटेजमा भेटिएको हो ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार आमालाई खोज्दै आएका बच्चा झ्यालमा आइपुग्यो, जतिबेला त्यहाँ हुरी चलेको थियो । चिनियाँ टीभीमा यो घटनाको फुजेट प्रसारण गरिएको छ, जहाँ ती बालक झ्यालबाट खसेको देखेपछि दुई व्यक्ति दौडिएर जान्छन् र एकले बच्चालाई भुईमा खस्नु अघि नै समाउँछन् ।

ली नाम गरेका स्थानीय दौडिएर सडक पार गर्छन् र आफ्नो दुबै हात फैलाएर बच्चालाई समाउँछन् । उनीसँगै हु नामका व्यक्ति पनि बच्चा समाउन गएका थिए । यो घटनालाई नजिकै भएकाहरुले हेरिरहेका थिए ।
बच्चा समाउने ली बच्चा खस्ने हो कि भनेर आफू निकै डराएको बताएका छन् ।

,