सिंहको पन्जाबाट बाच्न सफल भए एक युवक (भिडियो सहित)
पोशाकमा रहेका उक्त व्यक्ति सिंह राखेको रेलिङ्ग मा चढेर सिंह भएको ठाँउमा पुगेका थिए | सिंहको ओडारमा पुगे लगत्तै उनलाई एउटा सिंहले मुखले टिपेर खाल्डोमा फालेको थियो भने अर्को सिंहले उनको ब्याग लिएर कुद्यो भने तेस्रो सिंहले ति व्यक्तिलाई घिसारेर आफु बस्ने सुरुङ्गमा लागेको थियो |
तीनवटा सिंहले उनलाई खेलौनाको साधनको रुपमा करिब आधा घण्टा ओल्टाई पल्टाई गरेर खेलिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई बचाउन चिडियाखानका मान्छेले पानीको फोहरा फ्याक्दै उनलाई सिंहको पन्जा बाट मुक्त गराएका थिए |
उनी कुन उद्धेश्यले त्यहाँ गएको अझै खुलेको छैन | ४५ वर्षीय उक्त व्यक्तिको सिंहले तोकेको र खोपेरो दाग रहेको छ भने अस्पताल प्रशासनले भने उनी खतरामुक्त रहेको जानकारी गराएको छ |