यिनले भनेपछी गाई-भैंसीले जस्तै घास खान्छन मान्छेले !!!

मानिस घाँस खान्छ ? सबैको सहज उत्तर हुनेछ, खँदैन । तर, दक्षिण अफ्रिकाका एक क्रिस्चियन पादरी भने भगवानसँग नजिक पुग्ने बाटो भन्दै घास खुवाएका छन् । लिसेगो ड्यानियलले आफ्नो अनुयायीअरुलाई खुला चौरमा लगेर घाँस खुवाएका हुन् । जीवनयापनका लागि मानिसहरुले जे पनि खानसक्छ भन्ने पुष्टि गर्न उनले यसो गरेको बताएका थिए । उनका अनुयायीहरु सहजै मैदानमा लडेर घास खाए । जुन दृश्य हेर्दा अनौठो लाग्छ । घास खाएपछि रोसिमेरीले भने-’हो हामीले घास खायौं । भगवानको शक्तिका कारण हामीले यो गर्न सक्यौं ।’ तर, पछि उनीहरुको स्वास्थ्यमा समस्या आएको छ । घाास खाएकाहरु बाथरुममा गएर बान्ता गरिरहेको देखिन्थे भने कतिपयलाई अस्पताल नै भर्ना गर्नुपर्‍यो । पादरीलाई सन्काहा भन्दै चर्को आलोचना गर्न थालिएको छ । तर, उनले यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।







, ,