बालिकालाई गर्भवती बनाउदा !!!

रुकुम, कात्तिक २१- बालिकालाई बलात्कार गरी गर्भवती बनाएको ठहर गर्दै जिल्ला अदालत रुकुमले गराइला गाबिस ४ का ३३ बर्षिय भिमबहादुर ओलीलाई १२ बर्ष जेल सजायँ सुनाएको छ ।






बिहीबार जिल्ला न्यायधीश हेमन्त रावलको इजलासले ओलीलाई १२ बर्ष कैद र  पीडित बालिकालाई एकलाख रुपैयाँ  क्षतिपूर्ति दिने गरि फैसला गरेको श्रेष्तादार लोकबहादुर हमालले जानकारी दिनु भयो  ।
पटकपटक बालिकालाई बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितका आफन्तले गएको भर्दौ १६ गते जिल्ला जिल्ला प्रहरी कार्यालय रुकुममा किटानी जाहेरी दर्ता  गरेका थिए । गएको बैशाख २८ गते  र त्यसपछि पनि पटकपटक बालिकालाई ओलीले बलात्कार गरेको अदालतको ठहर छ । अत्यन्त गरीब परिवारकी बालिकाको उद्दारको लागि जिल्लास्थित सरोकारवाला निकायहरुले चासो देखाएका छन् ।
प्रस्तुती: आदर्श केसी/उज्यालो







,