मन नपर्ने विरामीको हत्या गर्ने नर्स, जसले लिइन् ४० विरामीको ज्यान

पाप धुरीबाट कराउँछ भन्ने उक्तिलाई सत्य सावित गर्दै अन्ततः एक कुख्यात नर्स पक्राउ परेकी छिन् । ती नर्सले यति अमानवीय काम गरेकी थिइन् की कुनै नर्सले त्यस्तो सोँच्न सम्म सक्दैनन् । आफुलाई मन नपर्ने र दिक्कलाग्दा देखिने विरामीको उनले ज्यानै लिने रहेछिन् । बिरामी दिक्क लाग्दा भएको भन्दै उनले ४० जना विरामीको हत्या गरिसकेकी छिन् ।
४२ वर्षे ती नर्सको नाम हो डानियला पोगियाली । इटालीको लुगो अस्पतालकी नर्सले विरामीका परिवार दिक्क लाग्दा ठानेपनि विरामीको हत्या गर्दिरहेछिन् । प्छिल्लोपटक एक ७८ वर्षीया महिलालाई सुइमार्फत पोटासियमको उच्च डोज दिएर मारेको आशंकामा उनी पक्राउ परेपछि उनको यस्तो कुकर्मको पोल खुलेको हो ।






उनलाई अरु झण्डै ४० जना विरामीको हत्या गरेको अभियोगमा मुद्दा चल्नसक्ने बताइएको छ । अस्पतालले उनलाई निस्कासन गरिसकेको छ । उनका सहकर्मीले समेत उनको व्यवहार पहिले देखि नै संकास्पद रहेको बताएका छन् ।






सभार श्रोत अनलाइन खबर
http:// www.onlinekhabar.com /2014/10/201780/

, ,