कट्रिनाको कुमारीत्व लीलाम बढाबढमा !

एजेन्सी। कुनै केटीमान्छेले आफ्नो कुमारीत्व लिलामी बेच्न राखेपछि उसलाई यदि वेश्यावृतीमा लागेको भन्ने आरोप लाग्यो भने जवाफ के हुन्छ होला? समाजले त्यस्तो केटी वा महिलालाई के भन्छ होला। तपाईलाई त्यो वेश्यावृती लाग्न सक्छ होला तर जस्ले आफ्नो कुमारीत्व बेच्न खुल्ला लिलाम बढाबढ गर्छे उसको भनाई भने बिल्कुल फरक पाइएको छ।

ब्राजिलकी क्याम्पस पढ्दै गरेकी कट्रिना मिग्लियोरिनी नाम गरेकी एक युवतीले आफ्नो कुमारीत्वको लिलाममा सहभागी हुन संसारभरका पुरुषहरुलाई आग्रह गरेकी छन्। २१ वर्षीया कट्रिनाले आफ्नो कुमारीत्वको लीलामी "भर्जिन्स वान्टेड टू " डटकममा राखेकी छिन। यिनको वेभसाइटका अनुसार उनको कुमारित्व बिक्रीका लागि ५६ दिन बाँकी रहेको छ। यसमा उनले काउन्ड डाउन समेत राखेकी छन्। कट्रिनाकै भनाईमा एकैपटक मात्र कुमारीत्व बेच्नु वेश्यावृती होइन।

‘यसअघि मैले आफ्नो जवानीलाई लिलामीमा राख्दा संसारभरिका सञ्चारमाध्यमले यसबारे चासो देखाएका थिए यसपटक पनि मैले आफूलाई दाउमा लगाएकी छु। इच्छा हुनेले मेरो जवानी खरिद गर्न सक्छ,’ उनले भनिन्। उनले गरेको आह्वानलाई अहिले १५ जनाले आफ्नो नाम लेखाएका छन।

यसअघि पनि ब्राजिलकी ती युवती कट्रिनाले यसैगरी आफ्नो कुमारीत्व लिलामीका लागि सबैलाई आह्वान गरेकी थिइन। तर उनको कुमारीत्व किनेको व्यक्ति करारमा भने अनुसार ५३ बर्षिय नभएर २१ बर्षिय जापानीज केटा भएको सिड्नीमा गएर खुलेपछि उनको कुमारीत्व लीलामी भएर पनि भंग भएको थिएन। त्यसयता उनको चर्चा भने संसारभर भएको थियो चर्चित प्लेव्यायले उनको कभर पेजमा फोटो समेत छापेको थियो।

,