"रेखाजीसँग केको प्रतिस्पर्धा ?"

काठमाडौ, श्रावण ७ - बलिउड अभिनेता अनिल कपुरकी अभिनेत्री छोरीले अभिनयमा कम फेसनमा बढी नाम कमाउँदै आएकी छन्।

फेसनका मामिलामा भारतभर छाएकी सोनम कपुर विदेशतिर पनि उत्तिकै रुचिसाथ हेरिन्छिन्। फ्रान्समा हालैको क्यान्स फिल्म फेस्टिभलमा पनि त्यो देखियो। यो अर्कै कुरा हो, उनीभन्दा केही दिनपछि त्यहाँ पुगेकी ऐश्वर्या रायले सोनममा अडकिएका आँखाहरूलाई आफूतिर तानिन्।

२९ वर्षे सोनम यति बेला एउटा रिमेकको प्रोमोसनमा व्यस्त छिन्। 'खुबसूरत' कुनै जमानाकी धाकड अभिनेत्री रेखाका कारण दर्शकमाझ लोकपि्रय भएको थियो। सोनम अहिले त्यही फिल्ममा देखिँदै छिन्। यस्तोमा उनको अभिनयलाई रेखाको तुलनामा हेरिनु स्वाभाविक हुन्छ। त्यही दबावमा छिन् सोनम। 'रेखाजीसँग मेरो के प्रतिस्पर्धा ?' उनी अहिले नै प्रतिरक्षात्मक भइसकेकी छन्, यद्यपि यो उनको स्वभाव होइन, 'उहाँद्वारा निर्वाह गरिएको कुनै पनि भूमिकालाई मैले न्याय गर्न सक्छु जस्तो लाग्दैन। 'खुबसूरत' जस्तो अर्थपूर्ण फिल्मको खेल्न पाउनु नै मेरो अहोभाग्य हो।'  

'खुबसूरत' रिमेकमा सोनमको अपोजिटमा पाकिस्तानी अभिनेता फहद अफजल खानले खेलेका छन्।

, ,