जबर्जस्ती करणी गरी किशोरिलाई गर्भ बोकाएपछी !
रत्ननगर—चितवनमा १३ वर्षीया एक किशोरीले बच्चा जन्माएकी छिन्। जबर्जस्ती करणीमा परेकी ती बालिकाले भरतपुर अस्पतालमा बच्चा जन्माएकी हुन्।
चितवनको कठारका चन्द्रबहादुर क्षेत्री रखलको जबर्जस्ती करणीमा परेर १३ वर्षीया किशोरीले जन्माएको बच्चा आदर्शगृहले एसओएस बालग्रामलाई पालनपोषणका लागि पठाइएको खरेलले बताए।
बालिकाको परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले बालकल्याण समिति, भरतपुर अस्पताल, चितवन प्रशासनको रोहबरमा आदर्शगृहले नवजात शिशुलाई संरक्षणका लागि एसओएस बालग्रामलाई हस्तान्तरण गरेको हो।
गएको दसैँताका उनी जबर्जस्ती करणीमा परेको पारिवारिक स्रोतले जनाएको छ । बच्चा गर्भ रहेको करिब आठ महिना पछिमात्रै रहस्य बाहिर आएपछि सरकारी पहलमा विगत एक महिनादेखि बालिका आदर्शगृहको संरक्षणमा रहेकी थिइन्। पेटमा ग्यास्टिक भएको भनि जँचाउन आउँदा बालिका गर्भवती भएको पत्तालागेको थियो ।
जबर्जस्ती करणीको आरोपमा चन्द्रबहादुरविरुद्ध आदर्शगृहकै पहलमा परिवारले अहिले जिल्ला प्रहरीमा उजुरी दिएका छन्। उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनले करणी गरेको स्वीकार गरेको स्रोतले बताएको छ।
यसअघि गएको भदौमा समेत चितवनकै अर्की एक बालिकाले पनि करणीमा परेर बच्चा जन्माएको आदर्शगृहका सूचना तथा सञ्चार संयोजक अर्जुन अधिकारीले बताए। गृहमा अहिले पनि हिंसा प्रभावित २३ जना महिला तथा बालिका छन्।
करणी गर्ने जुटपानीका रामराजा खनाललाई जिल्ला अदालत चितवनले ११ वर्ष तीन महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला सुनाएको अधिकारीले बताए। हाल चितवनको एसओएस बालग्रामको संरक्षणमा यस्ता असहाय बालबालिका ११४ जना रहेको निर्देशक भोलानाथ पौडेलले जानकारी दिए।