कुन देशका पुरुष यौन मामिलामा कस्ता !
जर्मनीका केटाहरु सबैभन्दा खराब प्रेमीका रुपमा उदाएका छन् । एउटा अध्ययनमा यो कुरा देखिएको हो । त्यसो त अँग्रेजहरु पनि खराब प्रेमीका रुपमा देखिएका छन्, तर अँग्रेजहरुलाई जर्मनहरुले खराब प्रेमीको सूचिमा पछारेका छन् ।
रमाइलो के छ भने स्वीडेनी युवाहरु चाहिँ अलि बढी नै हतारिने हुनाले खराब प्रेमीको सूचिमा तेस्रो नम्बरमा पर्दछन् ।
१५ हजार महिलाहरुले एक साथ मन पराएका युवाहरुमा चाहिँ स्पेनी पर्दछन् । स्पेनी युवाहरु भेटका बेलादेखि नै प्रेमिल हुनाले ओछ्यानको रमाइलो थप बोनस हुने गरेको अध्ययनमा समावेश महिलाहरुले बताएका छन् । अनि दोस्रो रमाइला युवा चाहिँ ब्राजिल र तेस्रो नम्बरमा इटालीका युवाहरु पर्ने गर्दछन् ।
वनपोलडटकमले यो अनलाइन अध्ययन गरेको थियो । जसमा यूरोप, अमेरिका र ब्राजिलसमेत गरी २० राष्ट्रलाई समावेश गरिएको थियो । महिलाहरुलाई मात्र सोधिएको थियो- ओछ्यानमा सबैभन्दा सजिला कुन देशका युवाहरु छन् र त्यसका कारण समेत उल्लेख गर्नुहोस् ।
ग्रीसेली पुरुषहरु रुञ्चे हुने, डच पुरुषहरु बढी नै रफ हुने र अमेरिकीहरु बढी मिचाहा प्रवृत्तिका हुनेजस्ता उत्तरहरु पनि पाइएको थियो । त्यस्तै, स्कटल्याण्डका पुरुषहरु यौनरत् अवस्थामा बढी आवाज निकाल्ने, र्टर्कीका पुरुषको शरीरबाट बढी पसिना निस्कने र वेल्सका पुरुषहरु बढी संर्सगावस्थामा स्वार्थी हुने अध्ययनमा देखिएको छ ।
रुसी पुरुषहरुको बढी रौँ हुनाले कुत्कुत्याउने र त्यो यौनरत् अवस्थाका लागि उति रमाइलो नहुने कतिले गुनासोसमेत गरेका छन् । रुसी पुरुषहरु नम्बर १० को छनोटमा परेका छन् ।