एमाओवादीका नेता 'नाबालिका बलात्कार'को आरोपमा पक्राउ |
६ साउन, डोटी ।
बालिकाको मेडिकल परिक्षणबाट बलात्कारको पुष्टी भएको प्रहरीले जनाएको छ । वालिकाको जिल्ला अस्पताल डोटीभित्र रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा मेडिकल परिक्षण गरिएको थियो ।
वलात्कारका आरोपित खड्काले घरपरिवारलाई नभन्नु भन्दै बालिकालाई साढे ५ सय नगद रुपैयाँ समेत दिएको खुलासा समेत बालिकाको परिवार श्रोतले गरेको छ ।
घटनामा आफ्नो पार्टीका नेताको नाम जोडिएकाले वास्तविकता बुझ्न जिल्ला कमिटी सह–सचिव देवलाल खड्कालाई जिम्मेवारी दिईएको एकिकृत नेकपा माओवादी डोटीका जिल्ला कमिटी अध्यक्ष त्रिलोचन भट्टले बताए ।
घटना दुःखद् भएकाले जो कोहि दोषीमाथि कडा कार्वाही हुनुपर्ने र आफ्नो पार्टीका नेता दोषी प्रमाणित भएमा पार्टीबाट कारवाही गरिने पनि उनले बताएका छन् ।
पीडित बालिकालाई सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रमा राखिएको छ भने घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक दीपक कुमार बस्नेतले बताए ।