अब गुगलले सुनाउनेछ तपाईंको मुडअनुसारअको गीत !

असार २० – सबैभन्दा धेरै प्रयोग हुने अनलाइन सर्च इंन्जिन गुगलले अब आफ्नो प्रयोगकर्तालाई मुड अनुसारका संगीत सुन्ने सेवा दिने भएको छ ।

गुगलले आफ्नो संगीत सेवा पोर्टफोलियो मजबुत बनाउने उद्देश्यका साथ म्यजिक स्ट्रिमिङ सर्भिस सङ्गजा किनेको हो ।
सङगजाले उत्तर अमेरिकाको इन्टरनेट प्रयोगकर्तालाई सित्तैमा म्युजिक स्ट्रिमिङ उपलब्ध गराउँदै आएको छ । सङ्गजाले स्रोताको मुड अनुसार प्लेलिस्ट तयार गर्न सक्ने बताएको छ । गुगलले सङ्गजासँग कतिमा सम्झौता गरेको भन्ने कुरा भने खुलाएको छैन ।
प्रयोगकर्ताले उत्कृष्ट गीतहरु सुन्न सकुन् भन्ने आफ्नो उदेश्य रहेको र यसका लागि गुगलभन्दा राम्रो कम्पनीको साथ पाउन नसक्ने साङ्गजाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मोबाइल कम्पनी एप्पल र अनलाइन म्युजिक स्ट्रिम सर्भिस स्पोर्टिफाइसँगको कडा प्रतिस्पर्धालाई मध्यनजर गर्दै गुगलले आफ्नो प्ले स्ट्रिमिङ सर्भिसलाई उत्कृष्ट बनाउने प्रयास थालेको हो । गत मे महिनामा एप्पलले ३ अरब डलर खर्चेर र्‍यापर डक्टर ड्रेको म्युजिक स्ट्रिमिंग बिट्स म्युजिक किनेको थियो । गुगलले आफ्नो गुगल प्ले सेवामा साङगजाको प्रविधि सामेल गर्ने अनुमान गरिएको छ ।
स्ट्रिमिङ गीत संगीत सुन्ने लोकप्रिय तरीका हो पछिल्लो समय यसको प्रयोगकर्ता पनि बढ्दै गएको छ । साङ्गजाको माध्यमबाट कुनै पनि गीत संगीतलाई डाउनलोड नगरेरै इन्टरनेटमा सुन्न सकिन्छ ।
एजेन्सीहरु

,