बाबुराम भट्टराई भने,’हामी त बाँदर रहेछौँ ‘
१० असार, वीरगञ्ज । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको दुरवस्थाको एमाओवादी नेता बाबुराम भट्टराईको चित्त दुखेको छ ।
जानकारी लगत्तै उनले वीट गरे,’बाराको परवानीपुरस्थित कृषिप्रधान देशको अग्रणी अनुसन्धान केन्द्रको दुरवस्था देख्दा हामी त बाँदर रहेछौँ भन्ने लाग्यो ।’ अाजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
भट्टराईलेे भने,’ केन्द्रलाई साधन सम्पन्न र आधुनिकीकरण गरिनु पर्नेमा भएका पुराना संरचना जीर्ण छन्, केन्द्र पनि हराभरा छैन । केन्द्र २०४४ सालमा स्थापना भएको थियो । भट्टराईको ट्वीटप्रति केन्द्रका वैज्ञानिकले भने असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले यसबारेमा छलफल पनि गरे ।
केन्द्रका प्रमुख कैलाशप्रसाद भुँडेरले ट्वीटबारे प्रतिक्रिया दिँदै भने,’उपलब्ध साधनस्रातको अधिकतम प्रयोग लगरेर आहीले अनुसन्धानकार्य गरिरहेका छौँ । उहाँले के देखेर यस्तो लेख्नु भएको होला ?’ अर्का वैज्ञानिकले ठट्टा लगर्दै भने,’हामीले पनि ट्वीटमा प्रतिक्रिया जनायौँ भने साइबर क्राइममा जेल परिएला ।’